Posts

Showing posts from 2017

एकतन्त्रिय शासकको १५ बर्षिय योजना

Image
किशोर खड्का राती हिन्दी च्यानलमा आएको सिनेमा हेर्दा सुत्न अबेर भएछ । बिहान ८ बजेतिर निद्रा खुल्यो त्यो पनि श्रीमतीले ल्याएको चियाको लोभले । ओछयानबाट राम्रोसंग नउठी सिरानमैं अडेश लगाएर चिया पिउन थाले । एउटा चुरोट पनि सल्काएर ओछयानबाटै ढल्किएर चार्जमा लगाएको मोबाईल थुतें, चार्ज फुल भएको रहेछ खुशि लाग्यो । दिनभरी चार्ज गर्न पाईन्छ पाईदैन, राती नैं भएपनि चार्ज भएछ । बत्तिको ठिक ठेगान छैन । प्राधिकरणले लोडसेडिगं तालिका त निकालेको छ तर तालिका अनुसार हुने भएपो । कहिले दिनभर बत्ति जान्छ, कहिले आएको ५ मिनेट नटिक्दै फेरी जाने गर्दा पछिल्ला दिनहरुमा चार्ज नभएर मेरो मोबाईल ३ दिन सम्म पनि अफ भएको छ ।  मोबाईलमा भएको दुईवटै सिम (एनसेल र नमस्तेमा टावर थिएन । बैशाख १२ गतेको भुईचालो पश्चात हामी बस्ने ठाउँमा नमस्तेको नेटवर्क टिप्दैन । मन नपरेपनी एनसेलले टिप्ला भनेर एनसेल सिम निकालेको थिए, आज त्यसमा पनि टावर थिएन । केहि गडबड भयो कि भनेर मोबाईल रि स्र्टाट गरे, ५ मिनेट कुर्दा पनि फेरी टावर आएन ।  उठे, चिसो पानीले मुख भिजाएर ज्याकेट भिर्दै बाहिर निस्कें । बाहिर हुस्सुले राम्रोसित...

सदाबहार खप्तड

Image
किशोर खड्का धर्तिको स्वर्ग उपमा पाएको खप्तड घुम्न कुनै समय कुर्नु पर्दैन जति बेला पुग्दा पनि खप्तड सिंगारिएर बसेको हुन्छ । सायद त्यसैले त होला महादेबले पनि पार्बतिसँग बिहे पछि हनिमुन मनाउन खप्तडलाई नैं रोजेको, शाष्त्रमा यसै लेखिएको छ ।  खप्तड मनपराउनेमा र लामो समय ब्यतित गर्नेमा खप्तड स्वामिका नामले प्रसिद्ध श्री सच्चिनानन्द सरस्वती पनि पर्दछन् । उनले लामो समय खप्तडमा बिताए । खप्तडमैं ध्यान, योग गरे भने बिचार बिज्ञान जस्ता कृतिहरु पनि जन्माए । स्वर्गिय राजा बिरेन्द्रको पनि प्रिय ठाउँ मध्येको एक खप्तड नैं बन्यो । उनि खप्तड बाबा भेटन र खप्तड घुम्न बारम्बार खप्तड गईरहे । उनि खप्तड जाँदा त्यहाँ बिश्राम गर्नका लागि बिश्राम गृह नैं बनाईयो जुन अहिले संग्रहालयको रुपमा रहेको छ । खप्तड बिदेशी पर्यटकहरु न्युन संख्यामा पुगेको भएपनी त्यहाँ पुगिसकेपछि उनिहरुको अनुभव भने निकैं आनन्दमय रहेको पाईन्छ । केहि बर्ष अगाडि लगातार १ बर्ष दक्षिण एसियाको भ्रमण गरी खप्तड पुगेको स्पेनका एक पर्यटकको जोडि (कार्लोटा डेल पोजो र म्युगेल एन्जेल) ले खप्तडको निकैं सुन्दर ढंगले बर्णन गरे । पाउ...

पूर्ब युवराज होसियार, तिमिलाई पराई होईन आफ्नैंले निशाना बनाएका छन्

Image
किशोर खड्का प्रिय पूर्ब युवराज पारस, त्यो दिन मेरा आँखा अनायासै रसाए, मन फुलेर आयो घाँटी अवरुद्ध भयो । त्रिभुवन अन्तराष्टिय बिमानस्थलमा हामी करिब १ घण्टादेखी कुरिरहेका थियौं सायद जहाज केही ढिलो अवतरण भएछ । सायद त्यस्तै ४÷५ सय जना ब्यक्ति (युवा, बृद्ध, भलाद्यमी, महिला) एअरपोर्ट बाहीर जम्मा भईसकेका थिए । कसैका हातमा राष्ट्रिय झण्डा थिए भने कसैको हातमा पुष्प गुच्छा, फुलमाला । भिड बढ्दै गएकाले त्यहाँ तैनाथ प्रहरीलाई भिड ब्यवस्थापन गर्न गाह्रो भईरहेको थियो । सेतो रंगको मित्सुबिसि गाडी उनलाई लिन कुरीरहेको थियो ।  म पनी पत्रकारहरुको लाईनमा क्यामेरा भिरेर उभीईरहेको थिए । ठेलाठेलले गर्दा बेला बेलामा हुत्तिएर परै पुगिन्थ्यो । १ घण्टाको पर्खाईपछि भिडभाडले नाराबाजी सुरु गर्यो । पारस सरकार जिन्दावाद, हाम्रा युवराज अमर रहुन यस्तै यस्तै । यसै बिच गला भएको सेतो टिर्सटमा हसिलो मुद्रामा नमस्ते गर्दै पूर्ब युवाराज हामी कुरिरहेको गेटैमा आईपुगे । नारावाजी अझै चर्कियो । भिड अनियन्त्रित भयो, मेरो क्लोजअप फोटो खिच्ने रहर पुरा भएन । मलाई फोटो खिच्न नपाएकोमा त्यति पश्चाताप भएन जती पूर्वयुव...

दिल बिनाको दिल्ली

Image
किशोर खड्का विश्व मानचित्रमा उदायमान शक्तिको रुपमा उदाउदै गरेको भारत र त्यसको राजधानी हो नँया दिल्ली । एकातिर नँया दिल्ली बिकास, समुन्नती र प्रगतिको पथमा उदाउदै छ तर अर्कातिर मानवता र आतिथ्य भुल्दै छ दिल्ली ।  केहि समय अगाडी युबिएमले भारतको राजधानी दिल्लीमा आयोजना गरेको साउथ एसियन ट्राभेल सो (साट्टे) मा हामीपनि सुदूरपश्चिमको पर्यटकिय चिनारी झल्काउने ब्रोसर, तस्विर र अन्य सामाग्रि लिएर त्यहाँ जाने तयारीमा लाग्यौ । नाट्टा फारवेष्ट च्याप्टरको नेतृत्वमा च्याप्टरका अध्यक्ष माया प्रकाश भट्ट, पदाधिकारी प्रकाश भट्ट, परमानन्द भण्डारी, योगेन्द्र बम र म पनि भागलिन दिल्ली जाने भयौं ।  बिबिध कारणले युरोपियन र तेस्रो मुलुकका पर्यटकलाई सुदूरपश्चिममा राम्रोसँग चलायमान गराउन नसकिरहेको अवस्थामा भारतको राजधानी दिल्ली र उत्तराखण्डका नागरिक हाम्रा राम्रा पर्यटक हुन सक्छन भन्ने बुझाई हाम्रो हो र त्यसै पक्षलाई मध्येनजर गर्दै प्रचार र प्रवद्र्धनका लागि हामी दिल्ली जाने दिन आईपुग्यो ।  दिल्ली जाने क्रममा हामी धनगढीबाट महेन्द्रनगर हुदै गड्डाचौकी बोर्डर पुग्यौं । त्यहाँबाट महा...

देशलाई बचाउने हो भने राष्ट्रवादी तानाशाहको बिकल्प छैन

Image
किशोर खड्का देश अहिलेको जटिल परिस्थितीबाट गुज्रिरहेको अवस्थामा यति धेरै कडा र देश सञ्चालनको बिकल्प तानाशाह खोज्नु मेरो अन्तिम बुझाई भएको छ । देशमा प्रजातन्त्र, दलहरु र राजनीतिका सबै अभ्यासहरु करिब करिब फेलुयर भईसकेको मेरो बुझाइ हो ।  हुन त अहिलेको अवस्था ईन्धन, ग्याँ स, खाद्य पदार्थको बिकल्प खोज्ने बेला हो । यो सम्पूर्ण राजनीतिक सिस्टम र राज्य सञ्चालनको बिकल्प खोज्ने बेला होईन होला भन्ने सबैको बुझाई हुन सक्छ । तर एउटा कुरा के हो भने, यति बेला पनि हामीले ठोस निर्णय लिन सकेनौ र यहि भुलभुलैमा रुमल्लि रहयौ भने हामी कहिल्यै यो अस्थिरताको भुमरीबाट बाहिर आउन सक्दैनौ । राजनीतिक दलहरु, प्रजातन्त्र र राज्य सञ्चालन पद्धति पुरै फेलुयर भईरहेको स्थिति २००७ सालमा जहानिया राणा शासनबाट देश र देशवासीले मुक्ति पाएपछि देशमा प्रजातन्त्रको लहर चल्यो । च्याउ उम्रिएझै राजनैनिक दलहरु उम्रिन थाले र यो सँगै हजारौ नेताहरु पनि । यो कालखण्डको ठूलै समय राजसंस्थाले पनि देशको बागडोर सम्हाल्यो । तर कोहि कसैले पनि देशका जनताले सम्मान गर्ने र धक फुलाएर भन्न सक्ने स्थायित्व, शान्ति र सम्बृद्धि ल्याउन सक...

मिस नेपाल २०१७ को ताज पहिरन सफल होलिन नीति ? तस्विरमा नीति

Image
मिस नेपाल २०१७ को ताज पहिरन सफल होलिन नीति ? तस्विरमा नीति मिस नेपालको २३ औं श्रृृखंला अर्थात मिस नेपाल २०१७ छनौट प्रकृृृया सुरु भएको छ । मिस नेपालको यो दौडमा दाङकी नीति शाह पनि प्रतिस्प्रधामा छनौट भएर उत्कृष्ट १९ मा परिसकेकी छन् । दाङको साविक धर्ना गाउँ विकास समिति वडा नं. २ मा बुवा नोबल शाह र आमा शैलजा राणा शाहको कोखमा सन् १९९६ फेबु्रअरी २ मा जन्मिएकी नीति चाँदबाघ स्कूल बाँसबारीमा विद्यालय स्तरको अध्ययन गरेकी थिइन् । जेभिएर एकेडेमी लाजिम्पाटबाट प्लस टु सकाएकी नीतिले सेन्ट जेभियर कलेज थापाथलीमा स्नातक तहको अन्तिम वर्षमा पत्रकारिता र आमसञ्चारको अध्ययन गरिरहेकी छन् । दि राइजिङ नेपालमा संचारकर्मि भएर काम गरिसकेकी नीति अहिले वुमन स्किल डेभलपमेण्ट अर्गनाइजेशन र सहयात्रा नेपालमा आवद्ध छिन् । सन् २०१२ मा हाउस अफ फेसनले आयोजना गरेको “फेस अफ द इयर” मा नीति सेकेण्ड रनरअप भएकी थिइन् । “मिस नेपाल २०१७” को ११ औं नम्बरमा रहेकी नीतिलाई विजयी बनाउन जेठ १९ गतेसम्म एसएमएस भोटिङ गर्न सकिने छ । यसका लागि आफ्नो मोबाइलको म्यासेज बक्समा गएर  MN<Space>11 टाइप गरी  33001  मा पठ...

पूर्ब युवराजको लाकुरी भंज्यागंमा एक दिन(तस्वीरमा)

Image
पूर्ब युवराजको लाकुरी भंज्यागंमा एक दिन( तस्वीरमा) दिउसोको करिब १ बज्नै लागेको थियो, आफ्ना प्रिय पूर्ब युवराजको आगमनमा कुरिरहेका थिए बाक्लो संख्यामा उपस्थित शुभचिन्तकहरु । अन्ततः सबैका अनुहारमा खुशी छायो, उत्साहित समुह स्वागतमा जुट्यो । ललितपुरको सुन्दर पर्यटकीय स्थल लाकुरी भञ्ज्यागंमा करिब ४ घण्टा बिताए उनले । उपस्थित सबैसंग भेटघाट र कुराकानी पनि गरे । सायद पहिलो पटक हुनुपर्दछ, उहाँले नागरिकहरुसँग यसरी धेरै लामो समय सम्म बसेर भेटघाट गरि भलाकुसारी गरेको । एक सहभागिको भनाई थियो । उपस्थित अधिकांशको धारणा र आशय बदलिंदो राजनीतिप्रति र राजसंस्थाको पुनरागमनका बिषयमा थियो । उनले प्रायः दोहोरयाएर जवाफ दिएनन्, सुने मात्रै । तर स्वास्थ्य, नँया रचनात्मक क्रियाकलापका सम्बन्धमा भने खुलेर कुरा गरें । राष्टिय सरोकार मंच नेपाल संस्थाले आयोजना गरेको शुभकामना आदान प्रदान तथा बनभोज कार्यक्रममा योगेश्वर अमात्य, जेम्स प्रधान, डा. शाष्त्रदत्त पन्त, पूर्ब कर्नेल नबल शाह, पूर्ब जर्नेलहरु, वकिल, नागरिक समाजका ब्यक्तित्वहरु, संचारकर्मि, बुढानीलकण्ठमा संगै पढेका सहपाठीहरू  लगायत बाक्लो संख्यामा उप...

सुदूरपश्चिममा चैते दशैको रौनक, लींगो ठड्याउने संस्कृति (तस्वीरमा)

Image
सुदूरपश्चिममा चैते दशैको रौनक, लींगो ठड्याउने संस्कृति (तस्वीरमा) सुदूरपश्चिम कला संस्कृतिको अनुपम बगैचा हो । यहाँ कर्णाली पारीको नेपाल भन्दा फरक कला संस्कृति, भेषभुषा र रहनसहन बीध्यमान छन्! यहाँका बीबीध कला संस्कृति मध्ये चैते दशैको अवसरमा लींगो ठड्याउने अर्थात काकरे औंशी पनि एक मुख्य चाडबाड तथा परम्परा मध्ये पर्दछ! स्थानीय देबी देबताको आराधना अर्थात पुजाका लागी सुदूरपश्चिमका गाउहरूमा लींगो चढाउने चलन छ!  करीब २ हप्ता पहीला तयार पारीएको लींगो अर्थात स्थानीय भाषामा काकर पनि भनीन्छ, चैते दशैको दीन बोकेर मठ मन्दीरमा ल्याई ठड्याउने गरीन्छ! लींगो बोक्ने बेलामा स्थानीय बासीन्दा हरूको उत्साह र एक्यबद्दता प्रशंसनीय भेटीन्छ! त्यसैले पनि होला, गाउघऱबाट बाहीरीएका युवाहरू तथा परीवारहरू चैते दशैमा घर फर्कने गर्दछन्!  पक्कै पनि सामाजिक परम्परा, संस्कृतिले हामीलाई एउटै मालामा गास्ने काम गर्दछन्! हामीभीत्र भएका मनमुटावहरू कम भई आत्मीयता बढेको हुन्छ!त्यती मात्र नभई पर्यटनका दृष्टिकोणबाट यस्ता कला संस्कृति महत्वपूर्ण मानीन्छन्! यी मनोरंजनका माध्यम मात्र नभई हाम्रा पही...