पूर्ब युवराजको लाकुरी भंज्यागंमा एक दिन(तस्वीरमा)

पूर्ब युवराजको लाकुरी भंज्यागंमा एक दिन(तस्वीरमा)


दिउसोको करिब १ बज्नै लागेको थियो, आफ्ना प्रिय पूर्ब युवराजको आगमनमा कुरिरहेका थिए बाक्लो संख्यामा उपस्थित शुभचिन्तकहरु । अन्ततः सबैका अनुहारमा खुशी छायो, उत्साहित समुह स्वागतमा जुट्यो ।
ललितपुरको सुन्दर पर्यटकीय स्थल लाकुरी भञ्ज्यागंमा करिब ४ घण्टा बिताए उनले । उपस्थित सबैसंग भेटघाट र कुराकानी पनि गरे । सायद पहिलो पटक हुनुपर्दछ, उहाँले नागरिकहरुसँग यसरी धेरै लामो समय सम्म बसेर भेटघाट गरि भलाकुसारी गरेको । एक सहभागिको भनाई थियो । उपस्थित अधिकांशको धारणा र आशय बदलिंदो राजनीतिप्रति र राजसंस्थाको पुनरागमनका बिषयमा थियो । उनले प्रायः दोहोरयाएर जवाफ दिएनन्, सुने मात्रै । तर स्वास्थ्य, नँया रचनात्मक क्रियाकलापका सम्बन्धमा भने खुलेर कुरा गरें ।

राष्टिय सरोकार मंच नेपाल संस्थाले आयोजना गरेको शुभकामना आदान प्रदान तथा बनभोज कार्यक्रममा योगेश्वर अमात्य, जेम्स प्रधान, डा. शाष्त्रदत्त पन्त, पूर्ब कर्नेल नबल शाह, पूर्ब जर्नेलहरु, वकिल, नागरिक समाजका ब्यक्तित्वहरु, संचारकर्मि,बुढानीलकण्ठमा संगै पढेका सहपाठीहरू लगायत बाक्लो संख्यामा उपस्थित थिए । अबका दिनमा पूर्ब युबराजलाई थप रचनात्मक कार्य र गतिबिधिमा संलग्न गराउँदै लैजाने मंचका अध्यक्ष सोम बिक्रम सिंह बताउँछन् । मंचले लामो समयदेखि पूर्ब युवराजको भ्रमणमा सहयोग गर्ने, राष्टियताका मुद्धाहरुमा आवाज उठाउने कार्य गर्दै आएको छ ।

एकातिर देशमा राजनीतिक उथल पुथल भईरहेको र अस्थिर अवस्थामा रहेको बेलामा पूर्ब युवराज सहितको यो जमघटले भने राजनीति बृतमा अर्को तरंग पैदा गरेको छ । सामाजिक कार्यहरुमा सहभागि हुदैं आम जनतासँगको भेटघाट र भलाकुसारीले युवराजको सक्रियता र लोकप्रियतालाई कसरी हेर्ने सोचनीय बिषय बनेको छ ।                     khadkaje@gmail.com















Comments

Popular posts from this blog

सदाबहार खप्तड

सुदूरपश्चिममा चैते दशैको रौनक, लींगो ठड्याउने संस्कृति (तस्वीरमा)