Posts

Showing posts from February, 2017
Image
राजधानीमा माघ १९ को शाहि कदमको समर्थनमा चियापान समारोह काठमाण्डौं, १९ माघ २०६० साल माघ १९ गतेका दिन देशमा फरक किसिमको तरंग पैदा भएको थियो । माघ महिनाको हुस्सुमय कठयाग्रिंदो जाडोको दिनमा एका बिहानैं तत्कालिन शाहि नेपाली सेनाका भरिभराउ बाहनहरु राजधानीको चोक चोकमा तैनाथ भएका थिए । पुराना अनुभविहरु कुनै ठूलै राजनैतिक परिवर्तन अझ भनौं सैनिक कु को आशंकामा थिए । अन्ततः १० बजे तत्कालिन राजा ज्ञानेन्द्रको शाहि बक्तब्यले दल र प्रजातन्त्रमाथि अंकुष लाग्यो, देशमा राजाको नेतृत्वमा सैनिक शासन लागु भयो । २०४७ को संबिधानले देशको प्रतिकुल अवस्थालाई मध्येनजर गर्दै आवश्यकता परको खण्डमा राजाले शासन सत्ता हातमा लिने, प्रजातन्त्रीक अभ्यासलाई नियन्त्रणमा लिई निर्दलीय शासन सत्ता लागु गर्न पाउने प्राबधान दिएको थियो । राजा ज्ञानेन्द्रले त्यहि अधिकारको प्रयोग गरे, वाक स्वतन्त्रता लगायत नागरिकका मौलिक हक अधिकारहरु जो ( बक्तब्य दिन पाउने, सभा सम्मेलन गर्न पाउने आदि) कटौती भए । २०६२ ६३ को आन्दोलनले राजाले एकतन्त्रिय शासन त्यागेर पुनः देशको संचालन प्रणाली दलहरुमा सुम्पिए । संबिधान सभाको पहिलो निर्णयले राजस...