Posts

Showing posts from December, 2016

आत्मसम्मानका अगाडि भगवान ! हो, त्यसैले हामी कैलाश मानसरोवर गएनौं

Image
       किशोर कुमार खड्का नेपाली धर्ममा गाढा बिस्वास गर्छौ, धर्म र आस्थाका लागि सबै कुरा सुम्पन पनि तयार हुन्छौं यो धेरै सम्म सत्य हो तर हामी त्यसो गर्न तयार भएनौं । अन्ततः सात दिन पैदल हिडेर, ५२०० मिटर उचाईमा रहेको उरै भञ्ज्यागं छिचोल्दै ताक्लाकोट पुगेपनि त्यहाँबाट जम्मा गाडिमा डेढ घण्टाको दुरिमा रहेको मानसरोवर नपुगि फर्केर आयौं । हामीले भगवान रोजे आत्मसम्मान र पहिचान गुमाउन पथ्र्यो त्यसैले हामी कैलाश मानसरोवर गएनौं । काठमाण्डौंको एक घेटघाटमा संचारकर्मि मित्र बसन्तप्रताप सिंहसँग सल्लाह भयो, एक पटक चैनपुर देखि उरै भञ्ज्यागं हुदै ताक्लाकोट सम्मको निर्माणाधिन सडक खण्डको बस्तुस्थिती बुझने र हिन्दुहरुको महान आस्थाको केन्द्र कैलाश मानसरोवर पनि पुग्ने । साथै नेपालबाट कैलाश मानसरोवर पुग्न सबैभन्दा छोटो मार्ग भनिदै आएको धनगढी–चैनपुर–ताक्लाकोट मार्ग निर्माण र नाका खोल्ने अभियानमा लाग्ने । हामी बच्चा देखि त्यो बाटोको बिषयमा सुन्दै आएका थियौं । हाम्रो स्थानिय भाषामा ताक्लाकोट जानलाई भोट, पुरासँ जाने भनिन्थ्यो । हाम्रा पुर्खाहरु बर्षेनी त्यहाँबाट उन तथा लत्ता ...