पूर्ब युवराज होसियार, तिमिलाई पराई होईन आफ्नैंले निशाना बनाएका छन्
किशोर खड्का
प्रिय पूर्ब युवराज पारस,
त्यो दिन मेरा आँखा अनायासै रसाए, मन फुलेर आयो घाँटी अवरुद्ध भयो । त्रिभुवन अन्तराष्टिय बिमानस्थलमा हामी करिब १ घण्टादेखी कुरिरहेका थियौं सायद जहाज केही ढिलो अवतरण भएछ । सायद त्यस्तै ४÷५ सय जना ब्यक्ति (युवा, बृद्ध, भलाद्यमी, महिला) एअरपोर्ट बाहीर जम्मा भईसकेका थिए । कसैका हातमा राष्ट्रिय झण्डा थिए भने कसैको हातमा पुष्प गुच्छा, फुलमाला । भिड बढ्दै गएकाले त्यहाँ तैनाथ प्रहरीलाई भिड ब्यवस्थापन गर्न गाह्रो भईरहेको थियो । सेतो रंगको मित्सुबिसि गाडी उनलाई लिन कुरीरहेको थियो ।
म पनी पत्रकारहरुको लाईनमा क्यामेरा भिरेर उभीईरहेको थिए । ठेलाठेलले गर्दा बेला बेलामा हुत्तिएर परै पुगिन्थ्यो । १ घण्टाको पर्खाईपछि भिडभाडले नाराबाजी सुरु गर्यो । पारस सरकार जिन्दावाद, हाम्रा युवराज अमर रहुन यस्तै यस्तै । यसै बिच गला भएको सेतो टिर्सटमा हसिलो मुद्रामा नमस्ते गर्दै पूर्ब युवाराज हामी कुरिरहेको गेटैमा आईपुगे । नारावाजी अझै चर्कियो । भिड अनियन्त्रित भयो, मेरो क्लोजअप फोटो खिच्ने रहर पुरा भएन । मलाई फोटो खिच्न नपाएकोमा त्यति पश्चाताप भएन जती पूर्वयुवराज पारस हसिलो मुद्रामा, सकुषल धेरैबर्ष पछि देश फिरेकोमा खुशि लागेको थियो । हषिला र सकुषल युवराज, शुभचिन्तकको घुईचो, परदेशी ब्यक्ति आफ्नो देश फर्कदा शुभचिन्तकमा छाएको खुशी र हर्षोल्लास । यही क्षण थियो उनिप्रति मेरा आँखा रसाएका, मन फुलेको र बोली अवरुद्ध भएको ।
करिब २०० वटा जति मोटरबाईक अगाडि, २५÷३० वटा गाडी पछाडी, बिचमा पूर्ब युवराजको गाडी स्र्कटिगंमा । युवराज पछीको रातो गाडी जुन सोम बिक्रम सिंहले हाकेका थिए, त्यसको अगाडी सिटमा म पनी बसे । पहिलो पटक स्कर्टिगं र पूर्बयुवराजको फौजमा कुद्दै थिए, साह्रै रमाईलो लाग्यो । जनता उर्लिएपछी सत्ता र सुरक्षाकर्मी पनि बाध्य भएर जनताको भावना आत्मसात गर्नुपर्दो रैछ भनेर त्यहि दिन प्रत्यक्षरुपमा देख्न पाए । पूर्ब युवराजलाई सुरक्षाकर्मीको कुनै सुरक्षा थिएन, सायद यत्रो जमातकासाथ एअरपोर्टबाट निस्कदैछन भन्ने भान पनि थिएन । गौशाला, मित्रपार्कहरुमा ट्राफिक प्रहरी आत्तिएर यता उताबाट आउने सवारीहरु अर्पझट जहाँको त्यही रोक्दै त्यो जमातलाई कुदन दिए । युवराजको गाडी चक्रपथ नपुग्दै भित्रिबाटो भएर कुण्डालिनी पुग्यो जहाँ उनी बस्ने प्रबन्ध मिलाईएको रहेछ । यो अवधीभर मनमनै धेरै कुरा खेलाएं । साच्चीकै उनलाई कति धेरै माया गर्दा रैछन ? लाग्यो यो माया कुनै स्वार्थका लागी गरिएको माया होईन, निस्वार्थ माया हो । मनमनै सोचे, थाईल्याण्डमा रहँदा परिवारले गरेको ब्यवहार, त्यहाँको प्रहरीले समात्दा निरिह रुपमा देखापरेका उनी, लामो कपाल पालेका र सान्तवना दिने तथा छुटाउन पहल गर्ने कोहि नभएको बेला । आफ्नो देश फिर्दा यति धेरै जनताले माया गरेर एअरपोर्टमा लिन आउँदा उनको मनमा कस्तो लाग्यो होला ?
पूर्ब युवराज युवराज भएको बेला यो भन्दा पनी धेरै भिड भाड र उपस्थिती हुँदा मलाई यो लाग्दैनथ्यो होला, सबैजना युवराजलाई माया गर्ने भएर आएका हुन, केही न केही स्वार्थका कारण आएका होलान तर आज उनी पूर्ब युवराज भै सके । परीवारबाट पनी एक्लीएको भन्ने सुनिन्छ, त्यसैमाथी मुटुको बिरामी मान्छे । होस गरेन भने कति बेला हो ? स्वास्थ्यको बारेमा भन्न नसकिने अवस्था । तैपनी आज यत्रो जमात जुन साच्चिकै उनलाई माया नै गर्ने जमात हो । प्रसंग पूर्ब युवराज करिब २ बर्ष थाईल्याण्ड बसाई पछी नेपाल फिर्दाको हो ।
...............................................................................................................................................................
...............................................................................................................................................................
मेरो मोबाईलमा फोनको घण्टी बज्यो, यार पारसलाई त पक्राउ गरेछन पोखराबाट । एउटा बंगालीले निहु खोजेपछि तर्साउन हवाई फायर गरेका रैछन, त्यही केसमा समातिए रे । ति बंगाली नेतृ सुजाता कोईरालाका ज्वाई रे । पारसलाई छुटाउनु पर्छ भनी आज साँझ राजधानीका बिभिन्न स्थानमा राँके जुलुस गर्ने रे । एकै झट्कामा मैले भनें, हामी पनि जानु पर्छ, यो त स्वाभिमान माथिको धक्का हो यार । सायद रुवेल चौधरीको साटो पारसले अरु नेपालीलाई ताकेर फायर गरेको भए र समातिएको भए बरु गाली गर्दै बसिन्थ्यो छुटाउनका लागि भनेर राँका बाल्दै हिडिन्थेन होला ।
पारसलाई तत्काल रिहा गर भन्दै हामी पनी न्युरोडबाट सुरुभई रत्नपार्क सम्म पुग्ने भनिएको राँके जुलुसमा सहभागी भयौं । भाई कमलले त निकै चर्का नारा पनि लगाए । प्रहरी देख्यो कि उनका स्वर थप ठूलो र आक्रामक हुन्थ्यो, सुजाता चोर देश छोड यस्तै यस्तै ।
यो बिषयले २÷४ दिन निकै हल्ला फिजायो, पत्र पत्रिका लगायत अन्य संचार माध्यममा निकै छायो । पारसलाई सराप्ने धेरै निस्किए तर केही दिनपछि परिस्थिती उल्टियो । जसलाई तर्साउन उनले हवाई फायर गरेका थिए, रुबेल चौधरी उनी त तस्करहरुको नाईके रहेछन् । भिओआईपी कलमा नेपालीलाई लुटने गिरोहका सरदार रहेछन् । ठूलाको संरक्षणमा उनी सकुषल नेपालबाट भागे, यो बेला पनी जनता तथा संचार माध्यमले पूर्ब युवराजलाई अप्रत्यक्ष रुपमा माया गरे, उनिप्रति आफनोपन देखाए । बिस्तार बिस्तार यो पनि सुनियो, रुबेललाई हवाई फायर होईन छाती नै ताकेर पडकाउनु पर्ने पारसले जानेनछन् ।
केही समय अगाडि महाशिवरात्रिको दिनको कुरा । म पनी पशुपतिमै थिए । साँझपख पूर्बयुवराज पनि दर्शन गर्न आउने कुरा थाहा पाएको थिए । करिब ६ बजेतिर पूर्बराजा ज्ञानेन्द्र आईपुगे दर्शन गर्न । अगाडी शशष्त्र प्रहरीको सुरक्षा, बिचमा पूर्ब राजा ज्ञानेन्द्रको गाडी र पछी निजी सुरक्षाकर्मीहरुको गाडी । प्रहरीले सुरक्षा दिदै लगे भित्र सम्म । लाईनमा बसेका केहिले दर्शन टक्रयाए, संचारमाध्यमले खिचे । उसैगरी पूर्बराजा गेट बाहिर सम्म त्यहाँ तैनाथ प्रहरीको सहयोगमा बाहिर निस्किए ।
करिब ७ बजेतिर पूर्बयुवराज पारश दर्शन गर्न आईपुगे । अगाडि उहि सोम बिक्रम सिंहको रातो गाडी, पछाडी पूर्बयुवराजको चढेको गाडी । पूर्बराजा आउँदा जस्तो त्यहाँ तैनाथ प्रहरीले सहयोग गरेनन् । त्यही सोमबिक्रम लगायत गाडिमा सवार ५÷७ जनाले भिडमा डोरयाउदै लगे । मुख्य गेट सम्म पुगुञ्जेल करिब ६०÷७० को संख्यामा युवाहरुले हातेसांगलो बनाउदै भित्र लगे, त्यतिका युवा एकाएक कहाँबाट आए पत्तै भएन । पछि अनुमान गरे, कोही कुरेर बसेका र कोहि दर्शन गर्न लाईन लागेकैहरु आएर पूर्ब युवराजलाई भित्र छिर्ने बाटो मिलाए । अनौठो लाग्यो, सधैभरी उनलाई गाली गरेर नथाक्ने जनता किन बेला बेलामा या उनिमाथि संकट मडारिदा आफ्नो ठान्छन् र सहयोग गर्छन ? यी यस्तै केही क्षणहरु जब जब पूर्ब युवराज एक्लिए, अफ्ठेरोमा परे तबत ब जनताले माया गरे । सायद यो कुराको भेउ पूर्ब युवराजले पाएकी पाएनन् ?
प्रिय पारस,
म अब पूर्ब युवराजबाट तिमिमा आउँछु । तिमि शब्दको प्रयोगले अपमान गर्न खोजेको होईन, माया नै गरेर सम्बोधन गरेको हो । मैले माथि तिमिसँग जोडिएका केहि प्रसंग उल्लेख गरे । जनता र केही वास्तविक शुभचिन्तकको बारेमा पनि बताए । फेरी पनी केही यिनै प्रसंग भित्र बसेर एउटा आम नागरिकको हैसियतबाट तिमिलाई झक्झक्याउन चाहन्छु, सुझाव दिन चाहन्छु ।
संगितकार प्रबिण गुरुगंको दुर्घटना र मृत्यु, बिभिन्न झै झगडा, केही उछृगंल क्रियाकलाप, प्रतिबन्धित पदार्थहरुको सेवन आदी कुरामा तिमि मुछियौं, तिमिमाथि आरोप लाग्यो । धेरैले दरबार हत्याकाण्डको योजनाकार, मुख्य पात्रको रुपमा तिमीलाई चित्रण गरे । शालीन युवराज्ञी हिमानी माथी अत्याचार भएको, गरेको कुराहरु पनि बाहिर आए । पछिल्लो समय परिवारबाट पनि तिमिलाई बहिष्कार गरेको, आफनै श्रीमतिबाट अपहेलित हुनु परेको खबरहरु बाहिर आईरहे । यतीमात्र नभएर थाईल्याण्डमा लागुपदार्थ सहित समातिएको खवरले आम नेपालीले तिम्रा कारण नेपाल र नेपालीको अपमान भएको पनी महशुष गरे ।
यि सबै भएकै घटना भएकै हुन, त्यो त तिमिले पनि स्विकार्नै पर्छ, खालि तिम्रो संलग्नता कति हो भन्ने कुरा महत्वपूर्ण हो । तर सबै घटना बाहीर आए र प्रचार भए जस्ता होईनन भन्नेमा म पनी विश्वस्त छु । प्रबिण गुरुगंलाई मार्छु भनेर तिमि निस्किएका थिएनौं । यदी तिम्रो हृदय त्यती नै निर्दयी हुँदो हो त प्रबिण गुरुगंका छोरा छोरीलाई हुर्काउने, पढाउने जिम्मेवारी किन लिन्थ्यौ ? लागु पदार्थको सेवन नेपाली युवाहरु सबैले नगरेका होलान, हातमा ताकत र आफुसँग फौज हुँदा थिचोमिचो नगरी सायदै कुनै मनुवा मात्र हिडे होलान ।
बेलायतका राजकुमार हयारी जो नेपालमा भगवान जस्तै मानिए, तिनले पनी पत्रकार कुटेकै थिए, लागुपदार्थ सेवन गर्दा पुर्नस्थापना केन्द्र बसेकै थिए । निर्मम तथा क्रुर मानिने हिटलरले आफनो लुगामा लगाउने स्वस्तिक चिन्ह लगाएर सार्बजनिक कार्यक्रममै देखा परे । लण्डनका शहरमा नागैं बुगैं पनि हिडे ।
आफनी श्रीमति घरमा हुँदा हुदै अरु केटी ताक्ने, अल्झने, थुक निल्ने बुढा खाडाको जमात पनी कम छैन यँहा, यो मानविय स्वभाव र आवश्यकता पनि हो । भगवान शिव त पार्वतीजस्तो सुन्दर पत्नी हुँदा हुदै श्लेसमान्तक बनमा भेटीएकी सुन्दर किरातिनीको पछि लागे ।
चर्को रिस उठदा आफनै दाजु भाई, परिवारका सदस्यको हत्या गरेको घटना पनी नेपालमा थुप्रै छन् । यो अर्थमा हेर्दा बिगार गर्ने तिमी, पारस, पूर्ब युवराज मात्रै होईनौ, म हु, आम नेपाली हौं, र मानवीय स्वभाव हो । बिधिको बिधान हो । यसो भन्दै गर्दा तिमिले गरेका सबै क्रियाकलाप सहि हुन भन्ने होईन र तिमि आम नागरिक जस्तो गल्ती गर्नुपर्ने र माफी पाउनु पर्ने ब्यक्ति पनि होईनौं । हिजो तिमि सम्पूर्ण देशको युवराज थियौं, आज पूर्ब युवराज हौ । सम्पूर्ण युवाहरुको प्रतिनिधी हौ । अब प्रतिनिधीबाट अन्य युवाले के सिक्ने ? तसर्थ जानि जानि गल्ती गर्ने अधिकार तिमिमा छैन, देश र आम युवाको प्रतिनिधीको हैसियतबाट पनि छैन ।
हुन त तिमिले गल्ती गनुृको पछाडी, घटना घटाउनुको पछाडी तिमि मात्र दोशी होईनौं । तिम्रो परिवार, समाज र हामी नेपाली पनि दोषि छौं । कुनै दिन तिमिलाई सबै कुरा गर्न छुट दिए, गर्न हुने नहुने तिमिले छुट्याउन सकेनौ । परिवार र कानुन पनि दोशि हो यो अर्थमा ।
पछी नभएका कुराको पनि आरोप लाग्न थाल्यो, १ मा १० थपेर तिम्रो कर्तुतमा बढावा दिईयो, तिमिलाई निरुत्साहित पार्ने काम भयो, परिवारबाट पनी बिग्रियो जे पो गरोस भनेर वास्ता गरिएन फेरी पनी दोष तिमिलाई नै दिईयो । तर यसको दोषि तिमिमात्र होईनौ ।
अहिले आएर परिवारबाटै छि छि दुरदुरको अवस्था आयो, जुन एक मुटुको बिरामीलाई कति सम्म न्याय संगत हो ? यो दोष पनी तिम्रा परिवार र आफन्तकै हो ।
मनोवाद
थाईल्याण्डबाट फर्केर नेपाल आएपछि तिमीलाई कुण्डालिनीमा बसालेको देख्दा म झस्किएं । पुरानो घर बाहिर कुनै पर्खाल छैन, कुनै सुरक्षाकर्मी छैनन् । बेला बखत आफुलाई अशुरक्षा छ भन्ने यदा कदा दुखसो पोखेको ब्यक्ती । थाईल्याण्डमा जेल, पुर्नस्थापना केन्द्र बसेका र देश फिर्दा परिवारजनको त्यो अपहेलनाले कतै आत्महत्या त गर्दैनन्् यीनले ? कतै यो नाती राजा ल्याउने गम्भिर षड्यन्त्र त होईन ? ( पारस थाईल्याण्डबाट फर्केर कुण्डली बसेपछि त्यहाँबाट नसर्दा सम्मको मनोवाद ) पछि भुकम्पले कुन्डलीनीलाई क्षति पुर्याएपछि स्व. धिरेन्द्र शाहकी छोरि शिताष्माको घर बसाँई सरे भन्ने सुनियो ।
भुकम्प पश्चात धरहराको ईट्टा पन्छाउन पूर्व युवराजलाई लानु पर्छ । यसले आम नेपालीमा उर्जा थप्छ र हौसला मिल्छ । राष्ट्रिय सरोकार मञ्चमा यो प्रसंगले राम्रो स्थान पायो । मैले पनि उत्सुकताका साथ यसको फ्लोअप गरिरहें, पछि सुनियो दरवारबाट स्वास्थ्यको कारण जान मिल्दैन भनेर रोकियो । रोकावट भयो । सोचें, होईन यो दरवारले पारसलाई राम्रो काम चाहीं गर्न नदिने नै रहेछ क्या हो ? यस्तो काममा त झन् हौसला थप्नुपर्ने, सहयोग गर्नु पर्ने । कि कसरी हुन्छ पारसको बदख्वाई मात्र गर्ने, परिवारमै बहिस्कार गर्दै लैजाने, जनताका अगाडी परिवारले पारस खराव भएरै सम्बन्ध नै त्यागे जस्तो गर्न देखाउन ?
मन्दिरमा पुजा गर्न जाँदा होस्, गौशालामा सञ्चालन गरेको अखण्ड भोजनाको सुरुवात गर्न जाँदा होस, संधैभरी राष्ट्रिय सरोकार मञ्चका दाईहरु (सोम बिक्र्रम, प्रवंजन, शुशिल, रविजंग) आदि मात्रै वरिपरी सुरक्षामा हुनुपर्ने ? पूर्व राजा र पूर्व युवराज्ञी जहाँ सुकै जाँदा ससस्त्रले सुरक्षा दिनु पर्ने, पारसलाई चाहिँ सुरक्षा चाहिँदैन ? सबैलाई असुरक्षा हुन्छ उनलाई हुँदैन ?
अन्तमा
प्रिय पूर्ब युवराज
तिमि थाईल्याण्डमा पक्राउ पर्दा होस या आर्थिक अवस्थाले कमजोर हुँदा होस परीवार र आफन्त भन्दा तिम्रा साथी भाई र माया गर्ने नेपाली नागरिकले सहयोग गरे । थाईल्याण्डबाट नेपाल फर्कदा पनि एअरपोर्टमा लिन तिमा परिवारका सदस्य कोहि आएनन् तर साथीभाई र माया गर्ने नेपाली नागरिक नै आए । शिवरात्रिमा पशुपतीमा दर्शन गर्न जाँदा पनी परीवार र राज्यले सम्झेन, असल मित्र र तिमिलाई माया गर्ने नागरिकले नै सहयोग गरे ।
बिगतको दिनमा जे भएपनि अव त्यसो नगर । परिवार जनता र स्वास्थ्यले पनि तिमीलाई साथ दिएको छैन । बाँकीको जीवन राम्रो काममा लगाउ, समाजमा जाउ, जनताको बिचमा जाउ, फेरी पनि प्रसस्तै माया पाउनेछौ । तिमी पनि यहि देशको नागरिक हौ, यो देशमा अरुको झैं तिम्र्रो पनि उत्तिकै अधिकार छ । त्यसैगरी तिमी वरिपरी रहने असल र खराव झुण्ड पनि छन् जे गरेनी जय होस् युवराज होईन अव जनता र देशको लागी यसो गर्नु पर्छ भन्ने बिचार र सुझावलाई प्राथमिकता देउ । अव बाटो नबिराउ, देश नछोड, तिमी नेपाल आमाकै सन्तान हौ, नेपाल आमा तिम्र्रै जननी हुन्।
Comments
Post a Comment