Posts

Showing posts from 2018

कहाँ भेटिएला बोल्लाको गादो ?

Image
२०७५  मंसिर २७,  १२:१७ अ+ हिन्दु धर्मग्रन्थ मध्येको एक रामायणमा हनुमान नामक पात्र सायद अहिले पनि बेलाबखत चर्चामा आईरहने पात्र हुन । पहिलो कारण निस्वार्थ भक्त र दोस्रो अदभुत बल । म यहाँ पहिलो कारणमा प्रवेश गर्दिन, दोस्रो कारणसँग प्रसँग जोड्न खोजेको छु । हनुमान जन्मदै दैवी शक्ती पाएका पात्र हुन । चञ्चले बाल्यकालका कारण उनले आफुमा भएको शक्ती बिर्से । उनी पनि अन्य बानरहरु जस्तै सामान्य हैसियतमा लामो समय व्यतित गरे । लामो कालखण्डपछि यस्तो समय आयो जब उनले आफ्नो वास्तविक शक्तीको बिषयमा बुझे र प्रयोग गरे । अन्ततः उनको यो घटनाले आज पनि हामीले उनीबाट सिक्नुपर्ने र महसुस गर्नुपर्ने बनायो । मैले यो लेखमा धार्मिक बिषय उजागर गर्न खोजेको होईन प्रवेश गर्न खोजेको बिषय पर्यटन हो र अझ भनौं सुदूरपश्चिमको पर्यटन हो । करिब एक दशकको समय पर्यटन प्रवद्र्धनको अभ्यासमा लागिरहदा आफैले भोगेको, देखेको र सिकेको पक्षहरु बाडने जमर्को गरेको छु ।  हिजोआज हरेक जनप्रतिनिधिको मुख मुखमा पर्यटन र पर्यटनबाट सम्वृद्धिका कुराहरु गरिएका हुन्छन । त्यतिमात्र होईन खुला भाषणमा पनि पर्यटनले सम्वृद्धि ...