देशलाई बचाउने हो भने राष्ट्रवादी तानाशाहको बिकल्प छैन
किशोर खड्का देश अहिलेको जटिल परिस्थितीबाट गुज्रिरहेको अवस्थामा यति धेरै कडा र देश सञ्चालनको बिकल्प तानाशाह खोज्नु मेरो अन्तिम बुझाई भएको छ । देशमा प्रजातन्त्र, दलहरु र राजनीतिका सबै अभ्यासहरु करिब करिब फेलुयर भईसकेको मेरो बुझाइ हो । हुन त अहिलेको अवस्था ईन्धन, ग्याँ स, खाद्य पदार्थको बिकल्प खोज्ने बेला हो । यो सम्पूर्ण राजनीतिक सिस्टम र राज्य सञ्चालनको बिकल्प खोज्ने बेला होईन होला भन्ने सबैको बुझाई हुन सक्छ । तर एउटा कुरा के हो भने, यति बेला पनि हामीले ठोस निर्णय लिन सकेनौ र यहि भुलभुलैमा रुमल्लि रहयौ भने हामी कहिल्यै यो अस्थिरताको भुमरीबाट बाहिर आउन सक्दैनौ । राजनीतिक दलहरु, प्रजातन्त्र र राज्य सञ्चालन पद्धति पुरै फेलुयर भईरहेको स्थिति २००७ सालमा जहानिया राणा शासनबाट देश र देशवासीले मुक्ति पाएपछि देशमा प्रजातन्त्रको लहर चल्यो । च्याउ उम्रिएझै राजनैनिक दलहरु उम्रिन थाले र यो सँगै हजारौ नेताहरु पनि । यो कालखण्डको ठूलै समय राजसंस्थाले पनि देशको बागडोर सम्हाल्यो । तर कोहि कसैले पनि देशका जनताले सम्मान गर्ने र धक फुलाएर भन्न सक्ने स्थायित्व, शान्ति र सम्बृद्धि ल्याउन सक...
Comments
Post a Comment