राजधानीमा माघ १९ को शाहि कदमको समर्थनमा चियापान समारोह

काठमाण्डौं, १९ माघ
२०६० साल माघ १९ गतेका दिन देशमा फरक किसिमको तरंग पैदा भएको थियो । माघ महिनाको हुस्सुमय कठयाग्रिंदो जाडोको दिनमा एका बिहानैं तत्कालिन शाहि नेपाली सेनाका भरिभराउ बाहनहरु राजधानीको चोक चोकमा तैनाथ भएका थिए । पुराना अनुभविहरु कुनै ठूलै राजनैतिक परिवर्तन अझ भनौं सैनिक कु को आशंकामा थिए । अन्ततः १० बजे तत्कालिन राजा ज्ञानेन्द्रको शाहि बक्तब्यले दल र प्रजातन्त्रमाथि अंकुष लाग्यो, देशमा राजाको नेतृत्वमा सैनिक शासन लागु भयो ।
२०४७ को संबिधानले देशको प्रतिकुल अवस्थालाई मध्येनजर गर्दै आवश्यकता परको खण्डमा राजाले शासन सत्ता हातमा लिने, प्रजातन्त्रीक अभ्यासलाई नियन्त्रणमा लिई निर्दलीय शासन सत्ता लागु गर्न पाउने प्राबधान दिएको थियो । राजा ज्ञानेन्द्रले त्यहि अधिकारको प्रयोग गरे, वाक स्वतन्त्रता लगायत नागरिकका मौलिक हक अधिकारहरु जो ( बक्तब्य दिन पाउने, सभा सम्मेलन गर्न पाउने आदि) कटौती भए ।
२०६२ ६३ को आन्दोलनले राजाले एकतन्त्रिय शासन त्यागेर पुनः देशको संचालन प्रणाली दलहरुमा सुम्पिए । संबिधान सभाको पहिलो निर्णयले राजसंस्थालाई देशबाट पाखा पनि लगायो । देशमा संबिधान सभाको चुनाव भयो, फलतः संबिधान पनि जारी भयो । यो दश बर्षको समय दलहरुलाई नागरिकले संबिधान जारी गर्न र कार्यान्वयन गर्न सम्पूर्ण रुपमा सर्मथन जनाए ।
तर पछिल्लो अवस्था र यो १० बर्षको अवस्थामा दलहरुले प्रजातान्त्रिक तवरबाट जनताको मन जित्न सकेनन्, बिकास निर्माणमा अगाडि बढन् सकेनन्, राष्ट्रियताको मुद्धा गौण भयो भन्ने यदाकदा उठिरहेका आवाजहरुलाई नेतृत्व गर्ने र बुलन्द बनाउनेमा राष्टिय सरोकार मंच चुकेन ।
सायद आज पहिलो पटक हुनुपर्छ, २०६२ ६३ को आन्दोलन पश्चात तत्कालिन राजा ज्ञानेन्द्रले २०६० माघ १९ का दिन गरेको सैनिक कु लाई लिएर समर्थन र सम्मानमा चियापान समारोहको आयोजना गरियो । कार्यक्रम अनौपचारीक भएपनि राष्टिय सरोकार मंचको आयोजनामा गरिएको उक्त चियापान राजाको तत्कालिन कदमको सर्मथनमा थियो ।
सरोकार मंचका अध्यक्ष सोम बिक्रम सिंह र अन्य चियापानमा सहभागिहरुको आशय पनि तत्कालिन अवस्थामा दलहरुको असफल प्रजातान्त्रिक अभ्यासले राजाले शासन सत्ता हातमा लिनुको बिकल्प थिएन र अब पनि त्यस्तो दिन आउछन भने राजाले पुनः शासन सत्ता हातमा लिनु पर्छ भन्ने थियो ।
एकातिर देशमा गणतन्त्र संस्थागत हुन नसक्नु, अशान्ति र अस्थिरता बढ्दै जानु, अर्कातिर राजबादि शक्तिहरुले निरंकुष शासन र राजाको शाहि कदमका पक्षमा यसरी समर्थनमा उत्रनुले देशको राजनैतिक अवस्था कतातिर जाने भन्ने गम्भिर बिषय बन्न पुगेको छ ।
अन्नततः देश नहारोस्, जन्ता नहारुन । देशको आवश्यकता अनुसारको तन्त्र र प्रणाली सबैले अबलम्बन गर्नै पर्दछ ।
जय मातृभूमी

Comments
Post a Comment