सुदूरपश्चिममा चैते दशैको रौनक, लींगो ठड्याउने संस्कृति (तस्वीरमा)

सुदूरपश्चिममा चैते दशैको रौनक, लींगो ठड्याउने संस्कृति (तस्वीरमा)
सुदूरपश्चिम कला संस्कृतिको अनुपम बगैचा हो । यहाँ कर्णाली पारीको नेपाल भन्दा फरक कला संस्कृति, भेषभुषा र रहनसहन बीध्यमान छन्!
यहाँका बीबीध कला संस्कृति मध्ये चैते दशैको अवसरमा लींगो ठड्याउने अर्थात काकरे औंशी पनि एक मुख्य चाडबाड तथा परम्परा मध्ये पर्दछ!
स्थानीय देबी देबताको आराधना अर्थात पुजाका लागी सुदूरपश्चिमका गाउहरूमा लींगो चढाउने चलन छ! 


करीब २ हप्ता पहीला तयार पारीएको लींगो अर्थात स्थानीय भाषामा काकर पनि भनीन्छ, चैते दशैको दीन बोकेर मठ मन्दीरमा ल्याई ठड्याउने गरीन्छ! लींगो बोक्ने बेलामा स्थानीय बासीन्दा हरूको उत्साह र एक्यबद्दता प्रशंसनीय भेटीन्छ! त्यसैले पनि होला, गाउघऱबाट बाहीरीएका युवाहरू तथा परीवारहरू चैते दशैमा घर फर्कने गर्दछन्! 


पक्कै पनि सामाजिक परम्परा, संस्कृतिले हामीलाई एउटै मालामा गास्ने काम गर्दछन्! हामीभीत्र भएका मनमुटावहरू कम भई आत्मीयता बढेको हुन्छ!त्यती मात्र नभई पर्यटनका दृष्टिकोणबाट यस्ता कला संस्कृति महत्वपूर्ण मानीन्छन्! यी मनोरंजनका माध्यम मात्र नभई हाम्रा पहीचान पनि हुन्! यसर्थ हाम्रा कला संस्कृति हाम्रा गहना मात्र होईनन् हाम्रा सम्बृदीका आधार पनि हुन। आजैदेखी हाम्रा कला संस्कृति सम्बर्दन र पर्बदनमा जुटौं!
तस्वीरमाः जयपृथ्वी नगरपालिका-२ मोर्तोली गाउँमा चैते दशैको अवसरमा लींगो बोकेको र ठड्याएको झलकहरू! प्रश्तुतीः किशोर खड्का









Comments

Popular posts from this blog

सदाबहार खप्तड